सम्मरीमाईका अध्यक्ष माओवादीमा लागे
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्लासँगै वडा नम्बर ५ का वडाध्यक्ष श्रवणकुमार यादवलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो ।
शुक्ला गत स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । निर्वाचित भएको केही महिनापछि उनी नेकपा (एमाले) मा प्रवेश गरेका थिए । लगत्तै एमाले छाडेका उनी केही समय साविकको नेकपामा रहेका थिए । पछि उनले पार्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको भन्दै उनले पार्टीमा नरहने घोषणा गरेका थिए ।
शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । तर, उनी पराजित भएकी थिइन् ।
टिप्पणीहरू