माओेवादीको बैठक सर्यो
नेकपा माओवादी केन्द्रको भोलि र पर्सिका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रको सचिवालयले विशेष कारणवशः केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको हो ।
माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो । यसअघि राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन ।
कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको हो ।
टिप्पणीहरू