कालिकोटमा खानेपानीको हाहाकार
कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव देखिएको छ । खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीयले बताएका छन् ।
खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर स्थानीयले खानेपानीको जोहो गरिरहेका छन् । धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको हो । यता मान्म खानेपानी उपभोक्ता समितिले खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिनेसमेत जनाएको छ ।
सदमुकाममा खानेपानी टाढाबाट ल्याइएको र पाइपमा समस्या आउँदासमेत अभाव हुने गरेको हो ।
टिप्पणीहरू