८ जना सचिवको जिम्मेवारी हेरफेर

८ जना सचिवको जिम्मेवारी हेरफेर

सरकारले आठ जना सचिवको सरुवा गरेको छ । क्याबिनेट बैठकले उनीहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देवकुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यमा पठाइएको छ भने वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा लगिएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलिया भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तानिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) का सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्य शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा पुगेकी छन् ।

टिप्पणीहरू