कालापानी छेउमै पुगे सेनापति

कालापानी छेउमै पुगे सेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला तिंकर सडकको निरीक्षण गर्नुभएको छ । भोलि मध्य पश्चिमको सैनिक अभ्यास हेर्न सुर्खेत गएकै बेला प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गर्नुभएको हो ।

शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । निरीक्षण भ्रमणका क्रममा उहाँले सुदूर पश्चिम प्रदेश प्रमुख,मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गर्नुभएको थियो ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका शर्माले २८ माघमा कञ्चनपुरको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधीन होल्डिङ सेन्टरको अवलोकन गर्ने योजना रहेको छ ।

दार्चुला व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा सेनालाई दिइएको छ ।

टिप्पणीहरू