सन्चारकर्मीको भेला डाक्दै स्वास्थ्यमन्त्री

सन्चारकर्मीको भेला डाक्दै स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रगति विवरण सार्वजनिक गर्नु हुने भएको छ । आफ्नो एक सय दिन पूरा भएको अवसरमा मन्त्री खतिवडाले कार्य प्रगति विवरण सार्वजनिक गर्न लाग्नुभएको हो ।

भोलि बिहान साढे ११ बजे खतिवडाले आफ्नो मन्त्रालयको प्रगति विवरण सुनाउन लाग्नुभएको हो । सभाहलमा हुने कार्यक्रममा सञ्चारकर्मीसहित सम्बन्धित सबैलाई निम्तो पठाइएको छ । भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सकिने प्रवक्ता अधिकारीले बताएका छन् ।

बैठकमा हाइब्रिड उपस्थिति हुने मन्त्रालयको निमन्त्रणामा उल्लेख छ । कार्यक्रममा प्रविधिबाट सहभागिता जनाउनेलाई जुम आईडी ९७४७९३१५५५८ तथा पासवर्ड Health@123 दिइएको छ ।

 

टिप्पणीहरू