पत्रकारहरु पनि एमसीसीबिरुध्द खुले
समाजवादी प्रेस संगठन नेपालले पर्सि दिउँसो अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोध गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनले सम्झौतामा रहेका केही प्रावधान संशोधनपछि मात्र पारित गर्नुपर्ने आवाज उठाउने निर्णयबमोजिम संगठनले विरोध गर्न लागेको हो ।
संगठनका महासचिव भूपराज खड्काले जारी गरेको विज्ञप्तिअनुसार आइतबार दिउँसो सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न लागिएको छ । राजधानी काठमाडौंमा माइतीघरमा दिउँसो २ बजे विरोध कार्यक्रम हुने जनाइएको छ ।
संगठनलगायत नेकपा एकीकृत समाजवादीका सबै जनवर्गीय संगठनहरुले उक्त सम्झौता संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्न माग गरेका छन् ।

टिप्पणीहरू