एकैदिन १७ सय ड्राइभरलाई चिट काटियो

एकैदिन १७ सय ड्राइभरलाई चिट काटियो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १७ सय छ जना ड्राइभरमाथि कारबाही गरेको छ । हिजो उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको छ ।

टिप्पणीहरू