१८ वर्षमाथिकालाई पनि बुस्टर डोज
सरकारले १८ वर्षमाथिको नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै १८ वर्ष नाघेकालाई बुस्टर डोज दिन निर्देशन दिएको हो ।
पहिलो डोज लगाएको छ महिना कटेकाले सो खोप लगाउन मिल्ने महाशाखाको भनाइ छ । बुस्टर डोजको रुपमा कोभिडशिल्ड, ऐस्ट्राजेनिका, मोर्डना वा फाइजर खोप दिइने बताइएको छ ।
साथै, बुस्टर डोजको पहिलो प्राथमिकतामा अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, ६० वर्षमाथिका नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछाडिएकालाई राख्न महाशाखाले जारी गरेको परिपत्रमा उल्लेख छ ।
कोभिड–१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वःघोषणा गरेकोलाई आधार बनाई खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने महाशाखाले जनाएको छ ।
टिप्पणीहरू