एकै पटक ३२ सहसचिवको सरुवा, को कहाँ ?

एकै पटक ३२ सहसचिवको सरुवा, को कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३२ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ३२ सहसचिवको एकैपटक सरुवा भएको हो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार गृह मन्त्रालय,अर्थ मन्त्रालय,संस्कृति,नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायतले नयाँ सहसचिव पाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट टंकप्रसाद पाण्डे अर्थ मन्त्रालयमा आएका छन् । गृहबाट राजेश्वर ज्ञवाली,प्रदेश १ को लोकसेवाबाट यज्ञराज कोइराला, सुदूरपश्चिम प्रदेशबाट ढुण्डीप्रसाद निरौला अर्थ मन्त्रालय तथा मातहतका निकायमा सरुवा भएका छन् ।

अर्थ मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल संघीय मामिला मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका छन् ।

केही दिनअघि मात्रै अर्थ मातहतकै भन्सार विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका नारायणप्रसाद सापकोटा गृह मन्त्रालय पुगेका छन् ।

टिप्पणीहरू