हङकङद्वारा नेपालसहित ८ मुलुकको उडानमा प्रतिबन्ध
हङकङले भोलिबाट लागू हुनेगरि नेपालसहित अन्य आठ मुलुकबाट हुँदै आएको हवाई उडानमा प्रतिबन्ध लगाएको छ । आगामी मार्च ४ सम्म लागू हुनेगरी हङकङले नेपालसहित अन्य आठ मुलुकलाई लगाइएको उडान प्रतिबन्ध थप गरेको हो ।
कोभिड–१९ प्रकोप बढेको बताउँदै हङकङले नयाँ प्रतिबन्ध जारी गरेको हो । जसमा नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, क्यानाडा, फ्रान्स, पाकिस्तान र फिलिपिन्स छन् ।
कोरोना संक्रमण नियन्त्रणको नाममा हङकङले यतिबेला ९० प्रतिशत उडान रद्ध गरेको छ भने अत्यावश्यक कार्यका लागि १० प्रतिशत उडान मात्र सञ्चालनमा रहेको बताइएको छ ।
हङकङले ती मुलुकबाट हुने उडानमा जनवरी ८ देखि रोक लगाउँदै आएको छ ।
टिप्पणीहरू