सेनाको अर्को टोली लिबिया उड्यो

सेनाको अर्को टोली लिबिया उड्यो

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली आज अफ्रिकी मुलुक लिबियातर्फ उडेको छ । लिबियामा तैनाथ स्पेशल गार्ड युनिट–शान्ति सेनाको तेस्रो डफ्फालाई बदली गर्न आज चौथो टोली उडेको हो ।

पहिलो उडानअन्तर्गत आज प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिक राष्ट्र संघले तय गरेको नेपाल वायुसेवा निगमको चार्टर्ड उडानमा त्यसतर्फ गएका हुन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाको दाबी छ ।

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरुमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

टिप्पणीहरू