एमसीसीको तातोमा नेताहरुलाई तनाव

एमसीसीको तातोमा नेताहरुलाई तनाव

अमेरिकी अधिकारीहरुले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता तत्काल अनुमोदन गर्न सबै हतकण्डा प्रयोग गरेपछि ठूला दलका ठूला नेताहरुको भेटघाट झन् तीव्र भएको छ ।

अस्ति दिउँसो प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी उपसहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर कडा चेतावनी दिएपछि परिस्थिति थप तरंगित भएको हो ।

सोहीक्रममा हिजो दिउँसो जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवको निवासमा गठबन्धन दलका नेताहरु जुटेका छन् । यादव निवास हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित भेटवार्ता भएको थियो ।

दिउँसो ३ बजेको हाराहारीमा दाहाल र नेपाल यादव निवास पुग्नुभएको थियो । उहाँहरुबीच झण्डै तीन घण्टा एमसीसी अनुमोदन र गठबन्धनको भविश्यबारे छलफल भएको बताइन्छ । साँझ ६ बजे दाहाल र नेपाल त्यहाँबाट निस्कनुभएको अध्यक्ष नेपाल र दाहालको सचिवालयले पुष्टि गरेको छ ।

यता, अमेरिकी मन्त्रीले नेपाली नेताहरुसँग राखेको धारणाले कूटनीतिक मर्यादा नाघेको भन्दै आलोचना भएको छ । अमेरिकी सम्झौताको सन्दर्भमा नेपालको असल छिमेकी चीनको नाम र भूमिका उल्लेख गरेर अमेरिकाले कूटनीतिक सीमाको उल्लंघन गरेको राजनीतिक र कूटनीतिक क्षेत्रको निश्कर्ष छ ।

टिप्पणीहरू