बालुवाटारमा फेरि वार्ता
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच पुनः भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज भएको भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको हो ।
उहाँहरुबीच बिहान पौनै १२ बजेदेखि झण्डै ४५ मिनेटसम्म छलफल भएको हो । भेटवार्तामा एमसीसी सम्झौता र सत्तारुढ गठबन्धनको निरन्तरताको बारेमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
टिप्पणीहरू