मधेशमा जनयुध्दको छुट्टी,शहीद परिवारलाई पैसा दिन प्रचण्ड जनकपुर जाँदै

मधेशमा जनयुध्दको छुट्टी,शहीद परिवारलाई पैसा दिन प्रचण्ड जनकपुर जाँदै

मधेश प्रदेश सरकारले पहिलो पटक जनयुध्द दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।

फागुन १ गते मनाइने यो दिवसको अवसरमा मधेश सरकारले आइतवार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । यसबीच, जनयुध्द दिवशको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका शहीद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए ।

भोलि हुने सो क्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू