भारतीय जलसेनाले पानीजहाजबाट जहाज उडाउने

भारतीय जलसेनाले पानीजहाजबाट जहाज उडाउने

भारतीय जलसेनाले अर्को नयाँ सैन्य उपकरणको परीक्षण गरेको छ । जलसेनाका उपप्रमुख तथा भाइस एडमिरल एसएन घोरमेडले बरुण नामक उपकरण परीक्षणको प्रत्यक्ष अवलोकन र हालसम्मको प्रगतिको समीक्षा गरेका हुन् ।

वरुणलाई पानी जहाजबाट उडाएर बगिरहेको जहाजमा अवतरण गराइएको थियो । यसको उपयोग समुद्रमा बगिरहेका जहाजहरुबीच सैनिक र अन्य सैन्य सामग्री ओसार्नमा प्रभावकारी हुने बताइएको छ ।

वरुणलाई भारतको सागर डिफेन्स इञ्जिनियरिंग र नाभल इनोभेसन तथा इण्डिजेनिसेसन अर्गनाइजेसनले निर्माण गरेको हो । यसको सफल परीक्षणलाई जलसेनाले कोशेढुंगाको रूपमा लिएको छ ।

टिप्पणीहरू