श्रीमान बन्न काँग्रेस कार्यकर्ता सिफारिस

श्रीमान बन्न काँग्रेस कार्यकर्ता सिफारिस

नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टीनिकट अधिवक्तालाई न्यायाधीशका लागि सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको दोस्रो बैठकले दार्चुलामा कार्यरत अधिवक्ता धीरेन्द्र साउदलाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्न पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय लिइएको हो।

कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले निर्णयको पुष्टि गरेका छन् । तर,साउदलाई न्यायाधीशमा गरेको सिफारिसप्रति कांग्रेसकै नेता तथा कार्यकर्ताले भने आक्रोश पोखेका छन् । कांग्रेस दार्चुलामा उपसभापतिका उम्मेदवारसमेत रहेका युवा नेता उमेश खत्रीले न्यायाधीश पद पार्टीले बाँड्ने हो ? भन्दै कडा आलोचना गरेका छन् ।

“न्यायाधीश पद तपाईंले जिल्ला कोषाध्यक्ष मनोनीत गरेजस्तो पद हो ? कांग्रेसमा लोकतन्त्र समाप्त भएकै हो ?”

सामाजिक सञ्जाल फेसबुकबाट उनले सोधेका छन्,‘न्याय सेवाजस्तो गरिमामय क्षेत्रमा कार्यरत अधिवक्ता धीरेन्द्र साउदलाई नेपाली कांग्रेस दार्चुलाले न्यायाधीशमा सिफारिस गर्नका लागि न्यायाधीश पद तपाईंले जिल्ला कोषाध्यक्ष मनोनीत गरे जस्तो पद हो ? कांग्रेस दार्चुलामा लोकतन्त्र समाप्त भएकै हो ?’

दार्चुलाबाट प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडु कानुनमन्त्री भएको मौका छोपेर कांग्रेसले न्यायालयजस्तो स्वतन्त्र र सम्मानित संस्थामा पार्टीका कार्यकर्तालाई भर्ति गर्न खोजेको अन्य दलको पनि आरोप छ ।

टिप्पणीहरू