सरकारी मोटरसाइकल यसरी समातिए
खोटाङ प्रहरीले सार्वजनिक बिदाका दिन बिना पास चलाइएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । विभिन्न वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एक वटा मोटरसाइकल हिजो प्रहरीले कब्जा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ वडा कार्यालयको बा २ब ९४४८ नम्बरको मोटरसाइकल,सोहि नगरपालिका-७ दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका-५ सप्तेश्वर वडा कार्यालयको को २ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३-०२-००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
बिदाका दिन बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सरकारी मोटरसाइकल अव उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा सम्बन्धित कार्यालयलाई बुझाईएको छ ।
टिप्पणीहरू