एमाले नेताले पनि दिए जनयुद्ध दिवसको शुभकामना

एमाले नेताले पनि दिए जनयुद्ध दिवसको शुभकामना

आज २७ औं जनयुद्ध दिवस । विभिन्न घटकमा छरिएर रहेका माओवादी पार्टीहरुले विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाइरहेका छन् । यसपटक भने एमाले नेताले पनि जनयुध्द दिवसको शुभकामना दिएका छन् । एमाले नेता रामबहादुर थापा बादलले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन् ।

केहि समयअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

बादलले जनयुध्दका बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उनीहरुप्रति आफ्नो उच्च सम्मान रहेको भनेका छन् ।

टिप्पणीहरू