ओलीसंग भेट्न बालकोट पुगे पाकिस्तानी राजदूत

ओलीसंग भेट्न बालकोट पुगे पाकिस्तानी राजदूत

आज नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग वहाँकै निवास बालकोटमा शिष्टाचार भेट गरेका छन्।

नेपालको राजनीतिक नेतृत्वसँग पहुँचको एक कडीको रुपमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन यो शिष्टाचार भेट गरिएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँको प्रशंसा गर्नुका साथै सार्कको पुनरुत्थानका लागि गरिएको प्रयासको पनि स्मरण दिलाएका थिए ।

राजदूतले ‘पाकिस्तानको मित्र’ का रूपमा केपी ओलीले नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास पनि व्यक्त गरे । दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने चाहना ब्यक्त गर्दै पूर्वप्रधानमन्त्री केपी ओलीले राजदूतलाई धन्यवाद दिएका थिए।

टिप्पणीहरू