निलम्बनको पत्र बुझेर झण्डा छोपी चोलेन्द्र श्रीमान बालुवाटारतिर

निलम्बनको पत्र बुझेर झण्डा छोपी चोलेन्द्र श्रीमान बालुवाटारतिर

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुध्द महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र सर्वाेच्च अदालत पुगेको छ । संसद सचिवालयले राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्मलाई एकमुष्ट पठाएको पत्र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भर्खरै बुझेर गाडीको झण्डा छोपी आफ्नो सरकारी निवास बालुवाटारतिर लाग्नुभएको छ ।

आफूविरुध्द महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश राणा सर्वाेच्च अदालतबाट एक छिनअघि बाहिरिनु भएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले हस्ताक्षर गरेर पठाएको पत्रमा राणाविरुध्द महाभियोग प्रस्ताव दर्ता हुनुका कारण खुलाइएको छ ।

राष्ट्रपति कार्यालय,न्यायपरिषद,प्रधानमन्त्री कार्यालयमा समेत पठाइएको पत्रमा सँविधानको धारा १०१(६) र प्रतिनिधिसभा नियमावली ०७५ को नियम १६१(९) बमोजिम महाअभियोगसम्बन्धी कार्वाही किनारा नहुन्जेलसम्म प्रधानन्यायाधीश निलम्बित रहने ब्यवस्था उल्लेखित छ ।

सत्तारुढ कांग्रेस,माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आज बिहान प्रधानन्यायाधीशविरुध्द संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यसबारे सचिवालयले राणालाई पत्रमार्फत जानकारी गराएको छ । महाअभियोग दर्ता भएसङ्गै प्रधानन्यायाधीश निलम्बित भएको पत्र राष्ट्रपति कार्यालय,न्यायपरिषद,प्रधानमन्त्री कार्यालयमा समेत पठाइएको छ ।

पत्रमा सँविधानको धारा १०१(६) र प्रतिनिधिसभा नियमावली ०७५ को नियम १६१(९) बमोजिम महाअभियोगसम्बन्धी कार्वाही किनारा नहुन्जेलसम्म प्रधानन्यायाधीश निलम्बित रहने ब्यवस्था उल्लेखित छ ।

टिप्पणीहरू