आज अदालतले खाइदेला त माधव नेपालको पद ?
आफूबाट अलग्गिएका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा (एकीकृत समाजवादी) गठन गर्ने १४ भाइको साँसद पद खुस्काउन एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटउपर सुनुवाइ सकिएको छ ।
५ नम्बर इजलासका न्यायाधीश इश्वर खतिवडासहित कुमार रेग्मीले यससम्बन्धी तीन थान छुट्टाछुट्टै मुध्दाको सुनुवाइ सकी निर्णय सुनाउन लाग्दै हुनुहुन्छ ।
ओलीले उत्प्रेषण (078-WO=0272) अन्तर्गत भदौ १७ गते १४ भाइको पद नखाएको भन्दै निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रीट दर्ता गराउनुभएको थियो ।
खतिवडा श्रीमान दोश्रो पटकको प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला तयार गरेबापत ओलीद्वारा भोलि महाअभियोग दर्ता गराइने लिस्टमा हुनुहुन्छ भने कुमार श्रीमानले चाहिँ फागुन २३ गते नेकपा विघटन गराई एमाले र माओवादी ब्युताउने आदेश गर्नुभएको थियो ।
टिप्पणीहरू