‘बा’ को जिल्लामा दमकल दुर्लभ
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दमकलको सहज पहुँच नभएको भन्दै स्थानीयहरु सडकमा उत्रेका छन् । एक साताको अवधिमा आगलागीका तीन घटना घटिसक्दा दमकलको पहुँच नभएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।
झापामा सात दिनको अन्तरालमा दुई ठूला उद्योग र दुई घरमा आगलागी भएको छ । दमकल अभाव हुँदा आगलागीबाट अत्याधिक क्षति ब्यहोर्नुपरेको स्थानीयले बताएका छन् । झापामा हाल दशवटा दमकल सञ्चालित छन् ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएअनुसार जिल्लामा भएका दमकल हिजो चाउचाउ उद्योगको आगो निभाउन गएकाले घरमा लागेको आगो निभाउन ढिलो भएको थियो । सोही कारण आज मेचीनगरका दुई घर जलेर नष्ट भएका हुन् ।
भिषण आगलागी हुँदा छिमेकी जिल्लाबाट दमकल बोलाएपनि अपुग हुने भएकाले भारतबाट समेत दमकल बोलाउने गरिएको छ । यता,दमकल ढिलो आएको बताएका सर्वसाधरणहरुले सडकमा प्रर्दशन गरिरहेका छन् ।
हिजो चाउचाचाउ उद्योगमा आगलागी हुँदा आज बिहान विद्युत सर्ट भएर लागेको आगोले जस्ताले छाएको दुई घर डढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।
टिप्पणीहरू