माधव नेपालसहितको पद खाने मुद्दामा फेरि पेशी सर्यो
एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्व महासचिव र अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालसहित १४ भाइको साँसद पदरिक्ततानिम्ति हाल्नु भएको मुध्दामा आज फेरि पेशी सरेको छ ।
यस मुध्दाको प्रतिरक्षामा खटिएका ५ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले स्वास्थ्य प्रतिकूलताका कारण बहसमा भाग लिन असमर्थता जनाउँदै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चको ५ नम्बर इजलासले यसको पेशी सार्न मन्जुरी जनाएको हो ।
यसअघि इश्वर खतिवडा र कुमार रेग्मी श्रीमानको संयुक्त इजलासले प्रस्तुत मुध्दाको सुनुवाइ भैसकेको कजलिस्टमा जनाउँदै अब निर्णय आउन मात्रै बाँकी रहेकोे आशय झल्कने विवरण वेवसाइटमा राखेको थियो ।
टिप्पणीहरू