भारतले ढोका खोलिदिएपछि
दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उध्दार गरेको छ । आज बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लीला ओडलाई महाकाली नदीले बगाएको थियो ।
बगाउँदै गर्दा नदीको बीच एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड नदीमा अड्किएकी थिइन् । नदीमा अड्किएको जानकारी आएपछि उध्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेको हो । ओडलाई जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाव बढ्ने गरेको छ ।
टिप्पणीहरू