खगराजमाथि महेश किन यस्तरी खनिएका ?

खगराजमाथि महेश किन यस्तरी खनिएका ?

एमालेका युवा नेता महेश बस्नेत संगठन विभाग प्रमुख खगराजविरुध्द फेसबुकमा खनिएका छन् । उनले युवामा अनावश्यक हस्तक्षेप गरेको बताउँदै अधिकारीलाई संगठन विभागबाट तत्काल हटाउन नेतृत्वसँग माग गरेका छन् । उनले आज साँझपख पोस्ट गरेको फेसबुक सामग्रीमा ७ बुँदा राखिएको छ ।

बुँदा नम्बर १ मा पार्टीका जनवर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) को लाइन,निर्देशन र सांगठनिक रुपमा आफ्नै विधान र स्वायत्त ढंगले बढ्ने गर्दछन् भन्दै संगठन पध्दति नबुझ्ने नेताको रुपमा अधिकारीलाई सुझाएका छन् । दोस्रो बुँदामा पार्टीको सचिवालय बैठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो ? भन्दै काँध दाँज्न खोजेका छन् ।

“एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेला आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?”

त्यसैगरी तेस्रो बुँदामा युवा संघले सचिवालयको आधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? भन्दै अधिकारीको सातो टिप्ने प्रयास गरेका छन् । अझ चौथो बुँदामा त झोक फेर्दै बस्नेतले लेखेका छन्-इन्चार्ज, अध्यक्षसमेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ? यत्तिका विधि आक्रोश व्यक्त गरेपछि बस्नेतले मत्थर हुँदै पाँचौ बुँदामा लेखेका छन्,एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेको बेला आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ? छैटौं बुँदामा बस्नेतले अधिकारीको कार्यक्षमताको मूल्याकंन गर्दै लेखका छन्,छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं संगठन चलाउन सक्ने व्यक्ति होइन ।

बस्नेतको फेसबुक वालमा पोस्टिएका यी सातबुँदे धारणाका पक्षविपक्षमा प्रतिक्रिया आएका छन् । शुभम बरालले बस्नेतलाई शत्रु हँसाउने काम नगर्न सुझाएका छन् । झलक पोखरेलले पार्टीको कुरा राख्ने ठाउँ फेसबुक नभएको भन्दै संगठनभित्रको अराजकता भएन र ? भन्दै प्रश्न ठडाएका छन् । र उनको अभिव्यक्ति जिम्मेवारपूर्ण नभएको भन्दै सुनिल झाले तपाई गृहमन्त्री नबन्दाको झोकमा अझै पनि हुनुहुन्छ ? तपाईको पिया (सम्भवतः पेवा) मात्र हो र युवा संघ भन्दै लेखेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

टिप्पणीहरू