काङ्ग्रेस नेताहरु वीच खेल्दै ओली,शेखरपछि विमलेन्द्रको पालो
सत्ता गठवन्धनका दलहरु मिलेर प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुध्द महाभियोग प्रस्ताव दर्ता गरेपछि राष्ट्रिय राजनीति तरंगित छ ।
महाभियोगलाई लिएर पक्ष र विपक्षमा बहस भैरहेका छन् । सत्तारुढ गठबन्धन,कानुन व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशन यसको पक्षमा उभिँदा प्रमुख प्रतिपक्ष एमालेले भने प्रधानन्यायाधीशको प्रतिरक्षा गर्ने भएको छ । हिजो साँझ अबेर सम्पन्न एमाले सचिवालय बैठकले महाभियोगको बिपक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ। यसबारे थप निर्णय गर्न आज एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
यसैबीच हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिबीच भेटघाट भएको छ । अबेर साँझ दश बजे बालकोटस्थित ओली निवास छिरेका निधि बजे बल्ल बाहिरिएका थिए ।
दुई नेताबीच के बिषयमा कुराकानी भयो भन्ने खुलेको छैन,तर एमालेले समेत अरु चार जना न्यायाधीशमाथि महाभियोग लगाउने चर्चाका वीच भएको भेटलाई चासोका साथ हेरिएको छ । ओली अहिले आफ्ना नेताहरुलाई समय कम दिने तर अरु पार्टीकालाई तान्ने र नाडी छाम्नेमा केन्द्रित हुनुभएको देखिन्छ । यसअघि उहाँले यसैगरी देउवासङ्ग सभापतिका प्रत्यासी डा.शेखर कोइरालालाई बेलुका बालकोट बोलाएर ४ घण्टासम्म कुरा गर्नुभएको थियो ।
टिप्पणीहरू