कर्मचारी युनियनको महाधिवेशन फागुनमा

कर्मचारी युनियनको महाधिवेशन फागुनमा

नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन फागुनमा हुने भएको छ । युुनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन गर्न लागिएको हो ।

गत माघ ८–१० मै गर्ने भनिएको महाधिवेशन कोरोना महामारीको तेस्रो लहर कारण रोकिएको थियो । कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि महाधिवेशन स्थगित गरेको थियो ।

अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि महाधिवेशनको मिति तय गरिएको युनियनले जनाएको छ । वर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारीमा युनियन जुटेको हो ।

टिप्पणीहरू