जनआस्था न्युजको प्रभाव,शेखर गोल्छाले बिदेशबाट फर्केपछि राजश्वलाई रिपोर्ट गर्नुपर्ने

जनआस्था न्युजको प्रभाव,शेखर गोल्छाले बिदेशबाट फर्केपछि राजश्वलाई रिपोर्ट गर्नुपर्ने

कोरोना महामारीका बेला करोडौँ खर्च गरेर दुबईमा छोराको बिबाह गरेका धनाढ्य व्यवसायी शेखर गोल्छाले त्यहाँ हुने खर्चको विवरण राजश्व अनुसन्धान विभागलाई बुझाउनुपर्ने भएको छ । विभागले दुबई उड्नुअघि धनाढ्य व्यवसायीहरुको नेतृत्वदायी संस्था उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई बोलाएर फर्केपछि खर्च विवरण बुझाउन कडा निर्देशन दिएको हो ।

गोल्छाले यही महिनाको ९, १० र ११ तारिखमा विश्वकै महँगो शहर दुबईमा छोराको बिबाह कार्यक्रम राखेका थिए । दुबई शहरदेखि गाडीमा जाँदा झण्डै २ घण्टाको दूरीमा रहेको अनकन्टार ठाउँमा भव्य विवाह गरिएको हो । बिबाहका लागि नेपालबाट करिव अढाई सय मानिस दुबई गएका थिए । जन्ती जानेमा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका,वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायत अन्य गन्यमान्य रहेको बताइन्छ ।

“दुलाहा दुलही र उनीहरुका परिवारका मुख्य मुख्य मान्छे अहिले पनि दुबईमै रहेकाले उक्त खर्च बढेर कम्तीमा ३० करोड रुपैयाँ पुग्ने अनुमान लगाइएको छ । तर, त्यत्रो धेरै विदेशी मुद्रा गोल्छाले कसरी व्यवस्थापन गरे भन्ने खुलेको छैन ।”

अढाई सय मानिसको आतेजाते हवाई टिकट,त्यहाँ रहँदा खानेबस्ने खर्च र विवाह समारोहमा हुने खर्च गरेर १० देखि १५ करोड रुपैयाँ खर्च भएको बताइएको छ । दुलाहा दुलही र उनीहरुका परिवारका मुख्य मुख्य मान्छे अहिले पनि दुबईमै रहेकाले उक्त खर्च बढेर कम्तीमा ३० करोड रुपैयाँ पुग्ने अनुमान लगाइएको छ । तर, त्यत्रो धेरै विदेशी मुद्रा गोल्छाले कसरी व्यवस्थापन गरे भन्ने खुलेको छैन । किनभने कानुनले सर्वसाधारणलाई नेपालमा भएको पैसा विदेश लैजान बन्देज गरेको छ ।

यससम्बन्धमा माघ १८ गते जनआस्थाले ‘व्यापारीका नेताहरू कोरोना छल्न दुबईतिर जन्त जाँदै’ शीर्षकमा समाचार पनि लेखेको थियो । समाचारमा अढाई सय मानिस नेपालबाट लगेर दुबईजस्तो विश्वकै महँगो शहरमा गरिने खर्च र विदेशी मुद्रा व्यवस्थापनलाई लिएर प्रश्न उठाइएको थियो । त्यति धेरै विदेशी मुद्रा गोल्छाले कसरी जुटाए भन्ने प्रश्न उठेपछि राजश्वले सोधखोज गरेको हो ।

गोल्छा समूह नेपालमा सामसुङ होम अप्लाइन्सेसको डिष्ट्रिब्युटर हो । उक्त समूहले मोबाइल फोनको समेत ब्यापार गर्दै आएको छ । भारतीय पल्सर मोटरसाइकलको नेपालका लागि डिष्ट्रिब्युटरका साथै गोल्छा समूहले नेपालमै उक्त मोटरसाइकल पनि एसेम्बल्ड गर्न थालेको छ ।

टिप्पणीहरू