एमाले अध्यक्ष बोल्नुअघि पत्रकार निकालिए
एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकलाई दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनु भएको छ ।
बैठकस्थलबाट पत्रकार बाहिर निकालेर ओलीले सम्बोधन थाल्नु भएको हो ।
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमालेले दलको बैठक राखेको हो ।
यता,आज दिउँसोका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ । उसले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।
टिप्पणीहरू