एमाले बैठकमा घनश्यामको मत : पार्टीले राणा बोक्न हुँदैन

एमाले बैठकमा घनश्यामको मत : पार्टीले राणा बोक्न हुँदैन

नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई बोकेर हिँड्न नहुने बताउनुभएको छ । आज बसेको संसदीय दलको बैठकमा आफ्ना धारणा राख्ने क्रममा उहाँले त्यस्तो सुझाव दिनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताउनुभएको छ । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने ओलीले प्रष्ट पार्नुभयो ।

कांग्रेस,माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुध्द महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीको यस्तो धारणा आएको हो ।

यसअघि सांसदहरुले राणा र एमसीसीकाबारेमा आ-आफ्नो धारणा राखेका थिए । सोही क्रममा सांसद भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिनुभएको हो । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गर्नुभएको थियो ।

एमाले संसदीय दलको बैठक भर्खरै सकिएको छ ।

टिप्पणीहरू