एमाले छोड्नेहरुले पाए एकीकृत समाजवादीमा ठूलो जिम्मेवारी

एमाले छोड्नेहरुले पाए एकीकृत समाजवादीमा ठूलो जिम्मेवारी

एकीकृत समाजवादीले एमाले छोडेर आउनेहरुलाई पार्टीको विभिन्न जिम्म्वारिमा समेटेको छ । अध्यक्ष माधव नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा पछिल्लो समय एमालेमा बिद्रोह गरेर आएकाहरुलाई विभिन्न जिम्मेवारी दिइएको उल्लेख छ ।

एमाले परित्याग गरी समाजवादीमा आएका गुल्मीका गणेश विश्वकर्मा, साध्यबहादुर भण्डारी, सुभास कर्माचार्य, श्याम सिलवाललगायतलाई समाजवादीले महत्वपूर्ण जिम्मेवारी दिएको हो ।

कर्माचार्य सिन्धुपाल्चोकको इञ्चार्ज बनेका छन् भने बागमती प्रदेश सहइञ्चार्जमा हालै एमाले छोडेर आएका मसाल पृष्ठभूमिका नेता भण्डारीलाई लगिएको छ । त्यस्तै, विश्वकर्मा गुल्मी जिल्ला सहइञ्चार्ज बनेका छन् । सिलवाललाई ललितपुरको सहइञ्चार्ज बनाइएको छ ।

समाजवादीले विभिन्न प्रदेश र जिल्लामा अन्य नेताहरुको पनि जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार देवेन्द्रसिंह महता सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज हुँदा जानुका श्रेष्ठलाई सिन्धुलीको सहइञ्चार्ज तोकिएको छ ।

दुर्गानन्द चौधरी सिराहा सहइञ्चार्ज बनेका छन् । भगवती नेपाललाई स्थानीय तह विभाग उपप्रमुख र सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।

यादवबहादुर रायमाझीले पाल्पा, हमालचन्द्र श्रेष्ठले बारा र हेमनाथ सेढाईले चितवनको सहइञ्चार्जको जिम्मा पाएका छन्।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/Apani-4-Final-newwwww.pdf” title=”Apani-4 Final newwwww”]

टिप्पणीहरू