लाश उठाउने सेना आफ्नैचाहिँ बिल्लिबाठ

लाश उठाउने सेना आफ्नैचाहिँ बिल्लिबाठ

कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले बीमा रकम नपाएको भन्दै सरकारसँग गुनासो गरेको छ । सेनाले रक्षा मन्त्रालयमार्फत सरकारसँग गुनासो पोखेको हो ।

कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदासमेत बीमा वापतको रकम नपाएपछि सेनाले सहजिकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदासमेत रकम नपाएको गुनासो गरे । उनले हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भएवापत बीमा रकम दाबी गरेको भएपनि ९०१ जनाले मात्रै पाएको बताए ।

“अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बीमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।”

‘बीमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको स्वीकृत हुने क्रममा छ,उनीहरुमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बीमा वापतको रकम प्राप्त गरेका छन्’, सैनिक प्रवक्ता सिलवालले भने ।

उनका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बीमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो । चीनबाट उध्दार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने,क्वारेन्टिन निर्माण गर्ने,कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।

टिप्पणीहरू