आज ७ सय बढी संक्रमित, ८ जनाले ज्यान गुमाए
गत २४ घण्टामा मुलुकभर सात सय ४७ जना कोरोना संक्रमित भेटिएका छन् । आठ हजार छ सय ९६ जनामा परीक्षण गर्दा उक्त संख्या संक्रमित पुष्टि भएको हो ।
यो अवधिमा दुई हजार तीन सय १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ६ प्रतिशत रहेको छ । मुलुकभर अझै २० हजार सात सय ३९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै दुई सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक सय ८१ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा १५ र ललितपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।
आज आठ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये एक सय १४ जना युवायुवती छन् भने ३३ जना किशोरकिशोरी हुन् ।
त्यस्तै, ११ वर्षमुनिका १७ जना छन् र ३८ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार हजार नौ सय एक पुगेको छ । भक्तपुरमा एक हजार एक सय ९० र ललितपुरमा दुई हजार सात सय १० जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू