धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई क्याविनेटले अध्यक्षमा नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका हुन् ।
टिप्पणीहरू