एमाले बैठकमा एमसिसीवारे छलफल गराउन भीम रावलको लिखित माग
एमाले सांसद डा.भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीमा गम्भीर छलफलको माग गरेका छन् ।
संसदीय दलको नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर उनले एमसीसीलाई संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल थाल्न माग गरेका हुन् ।
रावलले आज बसेको संसदीय दलको बैठकमा पनि एमसीसीबारे छलफल गर्न माग गरेका थिए । बैठकमा आफूले दर्ज गरेको मत भदै उनले सार्वजनिक गरेको पत्रमा एमसीसी सम्झौता आमजनताको गम्भीर चासो र सरोकार बनेकाले पार्टीमा छलफल हुनुपर्ने उल्लेख छ ।
‘यो नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेको छ । यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा (एमाले) जस्तो राजनैतिक दलले राष्ट्रिय स्वाधिनता एवम हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी गम्भीर छलफल गरियोस् भनी माग गर्दछु’, उनले लेखेका छन् ।
टिप्पणीहरू