सिके राउततिर गएकालाई विप्लवको सेकाइ

सिके राउततिर गएकालाई विप्लवको सेकाइ

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सप्तरीका जिल्ला सदस्य उदय मण्डललाई पार्टीबाट निकालेको छ । तीन महिनादेखि सम्पर्कमा नरहेको र पार्टी नीतिविपरीत काम गरेको भन्दै मण्डललाई निष्कासनको कारवाही गरिएको हो ।

लामो समय पार्टी सम्पर्कमा नआई मण्डल अस्ति एकाएक जनमत पार्टी प्रवेश गरेको भन्ने सुनिएकोले कारवाही गर्नु परेको नेकपा सप्तरीले जनाएको छ । जिल्ला सेक्रेटरी रेखा र इन्चार्ज बलवानद्वारा जारी विज्ञप्तिमा उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको उल्लेख छ ।

टिप्पणीहरू