लमजुङमा एक लाख बढीले लगाए खोप

लमजुङमा एक लाख बढीले लगाए खोप

लमजुङमा १ लाख २१ हजार ४ सय ६३ जनाले कोरोनाविरुध्दको खोप लगाएका छन् । जसमध्ये २ पटक खोप लगाउनेको संख्या १ लाख १५ हजार ४ सय ४७ रहेको छ ।

पछिल्लो समय खोप लगाएका विद्यार्थी र पहिलो खोप ढिला लगाएका ५ हजार ९ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुध्दको खोप लगाउने लक्ष्य लिएको थियो ।

पहिलो खोप ९२ प्रतिशतले र पूरा खोप (दोस्रो डोज) ८७ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोना विरुध्दको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ४ सय ४२ जनालाई पहिलो डोज मोडर्ना खोप लगाइएको छ ।

दोस्रो खोप १५ हजार ५ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार कूल ५ हजार ५१ जनाले बुस्टर डोज लगाएका छन् ।

टिप्पणीहरू