माओवादीले पनि सांसदहरुलाई बोलायो
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरवारस्थित दलको कार्यालयमा भोलि बुधबार बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए ।
सरकारले एमसीसी सम्झौता संसदमा पेश गर्ने तयारीका साथ भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । एमसीसीविरुद्ध उभिने निर्णय गरेको माओवादीले यसअघि नै संसदीय दलको बैठक बोलाएको हो ।
संसद बैठकमा एमसीसी टेबुल हुने भएपछि पार्टीको धारणा बनाउन बैठक बोलाइएको माओवादीले बताएको छ ।
टिप्पणीहरू