उदयपुरबाट लामो दूरीका गाडी गुडेनन्
एमसीसीविरुध्द आयोजित नेपाल बन्दको प्रभाव उदयपुरमा पनि परेको छ । जिल्लाको सदरमुकाम गाईघाट,कटारी,बेल्टार,मुर्कुची र रामपुरलगायतका प्रमुख बजारहरु बन्द रहेका छन् भने विद्यालयहरु पनि खुलेनन् । छोटो तथा लामो दूरीका सवारी साधनहरु चलेका छैनन् । बजारक्षेत्रबाहेक कतैकतै दुई पाङ्ग्रे सवारी साधनहरु फाट्टफुट्ट रुपमा चलेका छन् । अहिलेसम्म बन्द शान्तिपूर्ण रुपमा रहेको छ । कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू