पार्टीले सरकार छोड्ने,वाइसिएलले बिआइसिसी घेर्ने

पार्टीले सरकार छोड्ने,वाइसिएलले बिआइसिसी घेर्ने

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुध्द सत्तारुढ माओवादी केन्द्रनिकट युवा,विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । माओवादीको भातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीले आज संसद भवन घेराउ गर्न लागेका हुन् ।

एमसीसी संसदमा टेबल गर्ने तयारीका साथ सरकारले आज प्रतिनिधिसभा बैठक बोलाएको छ । एमसिसिको विपक्षमा मत हाल्ने निर्णय गरेको माओवादीले भातृ संगठनहरुलाई आन्दोलनमा उतार्ने भएको छ ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ । यता, माओवादीले भने हतारोमा एमसीसी पास गर्न नहुने बताउँदै आएको छ । उसले एमसीसी सदनमा पेश भए सरकार छोड्ने चेतावनी दिइसकेको छ ।

टिप्पणीहरू