कुर्मीलाई भित्र्याउँदै नेपालले भन्नुभयो,’हाम्रो अस्तित्व बुझेर ओलीले घृणा गरे !’

कुर्मीलाई भित्र्याउँदै नेपालले भन्नुभयो,’हाम्रो अस्तित्व बुझेर ओलीले घृणा गरे !’

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको आशा,विश्वास र अपेक्षा बढ्दै गएको बताउनुभएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले देशैभरि एकीकृत समाजवादी प्रवेश गर्नेको संख्या बढेको दाबी गर्नुभयो ।

“एमसीसीप्रति जनतामा नकारात्मक धारणा रहेकाले त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो ।”

मेचीदेखि महाकालीसम्म र हिमाल, पहाड,तराई सबैतिर विभिन्न पार्टीका नेता,कार्यकर्ता पार्टीमा प्रवेश गरिरहेको भन्दै उहाँले एकीकृत समाजवादी राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा रहेको पनि बताउनुभयो ।

‘यस पार्टीमा एमालेमा रहेका केन्द्रीय सदस्यहरु गरेर आएका छन् । कहिले हामी सुन्छौं विभिन्न तहमा रहेका एमालेका नेता,कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका छन्,’उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले एमालेलाई एउटा गिरोहको संज्ञा दिँदै आफूहरुको राष्ट्रिय राजनीतिको अस्तित्वलाई बुझेर केपी ओलीले बेलाबेलामा घृणा पोख्ने गरेको टिप्पणी पनि गर्नुभयो । ओलीले अहिलेको सत्ता गठबन्धन तोड्न चाहेको आरोप पनि लगाउनुभयो ।

एमसीसीप्रति जनतामा नकारात्मक धारणा रहेकाले त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो ।

आज नेकपा (एस) मा प्रवेश गरेका कुर्मी तत्कालीन राजपाका नेता हुन् ।

टिप्पणीहरू