कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

गत २४ घण्टामा मुलुकभर पाँच सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । नौ हजार सात सय ८९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा एक हजार नौ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ । मुलुकभर अझै १६ हजार ६ सय १६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एक सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक सय १६ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा नौ र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या तीन हजार चार सय ७३ पुगेको छ । भक्तपुरमा आठ हजार ९३ र ललितपुरमा दुई हजार एक सय ८४ जना सक्रिय संक्रमित छन् ।

आज ६ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ८८ जना युवायुवती छन् भने नौ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका १६ जना छन् र २९ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू