बयलगाडा चढेर कहाँ पुग्लान्, ‘मिपा’?

बयलगाडा चढेर कहाँ पुग्लान्, ‘मिपा’?

एकताका ‘बा’ अर्थात् केपी शर्मा ओली भन्नुहुन्थ्यो, ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’। ‘बा’ले जनआन्दोलन भाग–२ चर्किरहेका बेला ‘अमेरिका’ र ‘बयलगाडा’ शब्दको प्रयोग गर्नुभएको थियो । मानिसहरू टिप्पणी गर्छन्– ‘बा’ बयलगाडा चढेर अमेरिका पुगे कि पुगेनन् त्यो थाहा छैन । तर बयलगाडाको यात्राले आरम्भ गरेको गणतन्त्रमा पटकपटक प्रधानमन्त्री बने ।

अब ‘बा’को कुरा छाडेर ‘मिपा’ अर्थात् मिलन पाण्डेको कुरा गरौँ । बीबीसीका ‘मनु चौधरी दाइ’ले निजी कम्पनीको शैलीमा चलाएको पार्टीबाट निश्कासित उनी बयलगाडामा सवार छन् ।

जनआन्दोलन ताका ‘मनुज चौधरी’को उपनामले चिनिएका विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई विवेकशील गुटका कतिपय नेताहरूले ‘मचौदाइ’ भन्छन् ।

पाण्डेलाई ‘मचौ दाइ’ले सुरुसुरुमा पार्टी एकता गर्न मच्चाउनसम्मै मच्चाए । अन्तिममा कारबाही गरेर कामै नलाग्ने गरी थच्चाएको विवेकशील साझाको पार्टी कार्यालयतिर गाइँगुइँ सुनिन्छ।

पाण्डे आजभोलि एन्काउन्टर मास्टर भनेर चिनिने प्रहरी प्रमुख हुन नसकेका रमेश खरेलको दैलोतिर धाइरहेका छन् । खरेलले पनि आजकल नयाँ राजनीतिक पसल खोलेका छन् । पाण्डे पनि मिश्रको चेपुवा परेर स्वतन्त्र छन् । सामाजिक सञ्जालमा बयलगाडा चढेको फोटो हाल्दै बस्छन् । उनी पछिल्लो समय खरेलसामु शरण खोजिरहेको विवेकशील साझाका एक नेता बताउँछन् ।

‘के–के न पाउँछु भनेर हुँदाखाँदाको युवा दल मचौदाइको पाउमा चढाएका पाण्डेसाप पार्टीको सदस्यसमेत नरहने गरी कारबाहीमा परेपछि ट्वाँ… छन्,’ उनीनिकट एक नेता भन्छन्, ‘अब नचढी भो त बयलगाडा ? गर्ने के, जाने कहाँ, लैजान्छ कसले ? कविता लेख्ने, चिया र चुरोट पिउने । चुप बस्ने।’

रवीन्द्र मिश्रले पेलेर तेल निकालेका उनी पुग्न त अदालतसम्मै पुगेका छन् । तर पार लाग्नेवाला भने छैन।

टिप्पणीहरू