बाँकेमा कुष्ठरोगी बढे
बाँकेमा गएको छ महिनामा तिन दर्जन बढी कुष्ठरोगी फेला परेका छन् । जिल्लाका विभिन्न स्थानमा ४४ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपालगञ्जमा १३ र कोहलपुरमा ११ कुष्ठरोगी छन् । त्यस्तै, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।
गत आर्थिक वर्षमा बाँकेमा १ सय २८ कुष्ठरोगी फेला परेका थिए । कुष्ठरोग जोखिमका हिसाबले लुम्बिनी प्रदेशको कपिलवस्तु पहिलो स्थानमा छ भने बाँके देशकै दोस्रो स्थानमा छ ।
बाँकेको जानकी–३ मानपुरमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ । अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको बताइएको छ । तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय हुन् ।
टिप्पणीहरू