कोरोना घटेपछि रत्ननगरमा महोत्सव हुँदै
कोरोनाको तेस्रो लहरको बढ्दो जोखिमको कारण स्थगित गरिएको रत्ननगर महोत्सव आगामी फागुन १५ गतेबाट सुरु हुने भएको छ । उधोग वाणिज्य संघ रत्ननगरको आयोजनामा यही फागुन १५ देखि २३ गतेसम्म महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने संघले जनाएको छ ।
महोत्सवमा तीन सय ५० स्टलको व्यवस्था गरिएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगित गर्नुपरेको थियो ।
स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि कार्यक्रम उद्घाटन गर्नुभन्दा एकदिन पहिले रोकिएको थियो । त्यही पुरानो संरचनालाई मर्मत गरेर महोत्सव पुन आयोजना गरिएको हो ।
टिप्पणीहरू