विश्वकप छनोटमा नेपाल पनि अरुभन्दा के कम ?

विश्वकप छनोटमा नेपाल पनि अरुभन्दा के कम ?

आईसीसी टी–२० विश्वकप छनोटका लागि नेपाल आज ओमानसँग खेल्दै छ । ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब शुरुवात गरेको हो ।

नेपालले ओमानलाई ११८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्श्न गर्न सकेनन् । नेपालका लागि ओपनिङ ब्याटिङ गर्न आएका खेलाडी नचल्दा टोली दबाबमा खेलेको थियो ।

६ रनको योगफल तयार पार्दा नेपालले पहिलो विकेट गुमाएको हो । पहिलो ओभरको अन्तिम बलमा ओपनिङ ब्याटिङ गर्न आएका आसिफ शेख ४ रन जोडेर पेिविलियन फर्किए । उनलाई ओमानका केवार अलीले क्याचमार्फत आउट गराएका हुन् ।

दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल आउट भए । २ ओभर ४ बलमा टिमले १२ रन जोड्दा भुर्तेल ५ रन बनाउँदै क्याचआउट भएका हुन् । उनलाई बिल्लाल खानले पेविलियनको बाटो देखाएका थिए । झिनो रनअन्तरमा विकेट जाने क्रम नरोकिदाँ तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल एल्वीडब्लू मार्फत आउट भए । १५ रन जोडेका ज्ञानेन्द्रलाई फयाज भट्टले आउट गराएका हुन् । ज्ञानेन्द्र आउट हुँदा नेपाली टोलीले ६ ओभर ६ बलको खेल सकिदाँ ३३ रनको योगफल तयार पारेको थियो ।

त्यस्तै,नेपालले चौथो विकेट ८ ओभर ३ बलमा गुमायो । दिपेन्द्र सिंह ऐरी ११ रन जोडेर पेविलियन फर्किए । उनलाई जिहान मसुदले क्याचमार्फत आउट गराएका हुन् । पाँचौ विकेटका रुपमा लोकेश बम १६ रन बनाएर आउट भए । बमलाई कवार अलीले क्याचमार्फत आउट गराएका हुन् । नेपालले ६७ रन जोड्दा १३ ओभर ५ बलमा बम आउट भएका हुन् ।

विवेक यादवले पनि क्रिजमा राम्रो प्रदर्शन गर्न सकेनन् । उनी सात रन बनाएर पेविलियन फर्किए । सातौ विकेटका रुपमा कमलसिंह ऐरी पनि १ रन बनाएर पेविलियन फर्किए । एरी १७ ओभर २ बलमा आउट भएका हुन् । उनी आउट हुँदा नेपालले ८७ रन जोडेको थियो । नेपालको कप्तान समेत रहेका सन्दिप लामिछानेले भने नटआउट ७ बल खेल्दै १६ रन जोडे । नेपालका लागि आठौ विकेटको रुपमा अन्तिम बलमा आरिफ शेख रनआउट भए ।

टिप्पणीहरू