नेकपा एस कसरी एमसिसीवारे यो निश्कर्षमा पुग्यो ?
नेकपा एकीकृत समाजवादी सँसद खुलेको अवस्थामा नेपाली काङ्ग्रेसको जोडअनुसारको एमसिसी प्रतिनिधिसभामा टेबल गर्न दिने तर यथास्थितिमा र तत्काल पासचाहिँ हुन नदिने निश्कर्षमा पुग्नुका पछाडि हिजो रातीको छलफलले काम गरेको बुझिएको छ ।
उक्त पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री र शीर्ष नेताहरुको हिजो राती ११ बजेसम्म सघन सँवाद भएको थियो । त्यसअवसरमा यौटा आइजी हटाउने निहुँमा उत्ताउलो भएर सत्ता छाड्दा ०५६ सालको माले र वामदेव (सडक छाप) को हालत हुन्छ,त्यही भएर केपी ओलीले अढाई बर्षअगाडि नै दर्ता गरिसकेको एमसिसीलाई टेबलसम्म पनि गर्न नदिने निर्णयवारे ठण्डा दिमागले सोच्न आज स्थायी समिति बैठकलाई सल्लाह दिने निर्णय भएको थियो ।
“हिजो राती ११ बजेसम्म छलफलमा जुटेका नेता र मन्त्रीहरुले यौटा आइजी हटाउने निहुँमा उत्ताउलो भएर सत्ता छाड्दा ०५६ सालको माले र वामदेव (सडक छाप) को हालत हुन्छ,त्यही भएर केपी ओलीले अढाई बर्षअगाडि नै दर्ता गरिसकेको एमसिसीलाई टेबलसम्म पनि गर्न नदिने निर्णयवारे ठण्डा दिमागले सोच्न आज स्थायी समिति बैठकलाई सल्लाह दिने निर्णय भएको थियो ।”
एमसिसी टेबल गर्न दिएर देउवाको इज्जत जोगाइदिने र अध्ययनका नाममा यसलाई चुनावसम्म धकेलेर अरु दलको नाक जोगाउने मध्यमार्गी बाटोमा जान सुझाव दिइएबमोजिम आज निर्णय भएको उक्त पार्टीका एक पदाधिकारीले बताए । सोहिबमोजिम नेकपा एकीकृत समाजवादीले शर्तसहित एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निश्कर्ष निकालेको छ ।
उक्त सम्झौताबारे धारणा बनाउन बसेको स्थायी कमिटी बैठकले शर्तसहित संसदमा टेबल गर्न दिने निर्णय गरेको हो । स्थायी कमिटी बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमसीसी जबरजस्त टेबल गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेले गरिरहेको संसद गतिरोध हटेर एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ ।’ उहाँले बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको बताउनुभयो ।
भन्नुभयो,‘यथास्थितिमा नो एमसीसी’। यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको खतिवडाले जानकारी दिनुभयोे । ‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसदमा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन ।’
एमसीसीको बारेमा १२औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल,विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदल बनाएको थियो । सो कार्यदलले १४औँ बैठकमा पेश गरेको रिपोर्टबारे खनालले विवरण प्रस्तुत गर्नुभएको थियो ।
टिप्पणीहरू