गणतन्त्र दिवसमा तक्मा,प्रजातन्त्र दिवसमा कैद मिनाहा

गणतन्त्र दिवसमा तक्मा,प्रजातन्त्र दिवसमा कैद मिनाहा

प्रजातन्त्र दिवसका अवसरमा ५०१ जना कैदीको कैद मिनाहा भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीबन्दीको कैद मिनाहा गर्नुभएको हो ।

२०७८ फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फूर्वा शेर्पासहित ५०१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा कृष्णकुमार लिम्बु, तेम्बा शेर्पा, दिपेश लिम्बु, रजिना गुरुङलगायत छन् ।

सरकारले विगतदेखिनै प्रजातन्त्र दिवसको अवसरमा असल चालचलन भएका र निश्चित कैद भुक्तान गरिसकेका कैदीहरुलाई कैद मिनाहा गर्दै आएको छ । संविधान दिवस र गणतन्त्र दिवसको अवसरमा भने राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पदक वितरण गर्ने गरिएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/२०७८११५_प्रजातन्त्र-दिवस-2078-को-अवसरमा-501-कैदिको-कैद-मिन्हा-min.pdf” title=”२०७८११५_प्रजातन्त्र-दिवस-2078-को-अवसरमा-501-कैदिको-कैद-मिन्हा-min”]

टिप्पणीहरू