माननीय छानीछानी बिप्लवद्वारा एमसिसीमा नलाग्न पत्राचार
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी युवा संगठनले गृहमन्त्री बालकृष्ण खाँडलगायत रुपन्देहीका नेतालाई खबरदारी गरेको छ ।
“एमाले नेताहरु विष्णुप्रसाद पौडेल तथा घनश्याम भूसाल,नेपाली काँग्रेसका भरतकुमार शाहलाई पनि पत्र पठाइएको बुझिएको छ ।”
एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसद तथा गृहमन्त्री बालकृष्ण खाँणलगायतलाई पत्रमार्फत् अनुरोध गरिएको हो । संगठनले पूर्वमन्त्री तथा एमाले नेताहरु विष्णुप्रसाद पौडेल तथा घनश्याम भूसाल, नेपाली काँग्रेसका भरतकुमार शाहलाई पनि पत्र पठाएको बताइएको छ ।
संगठनले दिएको जानकारीअनुसार रुपन्देहीका सांसदहरु छविलाल विश्वकर्मा,प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पनि पत्राचार गरिएको छ । पत्रमा कुनै हालतमा उक्त सम्झौता अनुमोदन नगर्न अनुरोध गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू